राजनीति


संघ र सातै प्रदेशका उपसभामुखबीच भिडियो बार्ता

संघ र सातै प्रदेशका उपसभामुखबीच भिडियो बार्ता

नेपालखबर
भदौ ३, २०७६ मंगलबार १३:२३,

संघीय संसद र प्रदेश संसदका उपसभामुखबीच बिद्युतीय रुपमा सम्बाद थालनी भएको छ। 

मंगलबार संसद सचिवालयमा प्रतिनिधि सभाका उप सभामुख डा शिव माया तुम्बाहाम्फे र राष्ट्रिता सभाका उपाध्यक्ष शशिकला दाहालले ७ प्रदेशका उपसभामुखसँग भिडियो कन्फ्रेंसिंग गरी अनुभव साटासाट गरेका हुन्।

नेपालको संबिधानमा संघीय संसद र प्रदेश संसद प्रशासनिक र संचालनको हिसाबले स्वतन्त्र र स्वायत्त छन्। हाम्रो संसदीय अभ्यासमा प्रतिनिधि सभा राष्ट्रिय सभाको अभ्यास र अनुभव भए पनि प्रदेश संसद संचालनको अनुभव छैन। औपचारिक रुपमा अन्तर सम्बन्ध नभए पनि उप सभामुख र उपाध्यक्षले प्रदेश संसदका उपसभामुखसँग निरन्तर सम्बाद गर्दै आएका छन्।

प्रतिनिधि सभाका उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले भौगोलिक रुपमा दुरी र समय अभावका कारण निरन्तर सम्बाद हुन नसकेको अवस्थामा भिडियो कन्फ्रेसिंगले सम्बाद सहज बनाउने बिश्वास ब्यक्त गरिन्।

संघीय संसद सचिवालयले केन्द्र र प्रदेश तहका संसदबीच सहकार्य र समन्वय गर्ने उद्देश्यले २०७५ साल भदौ ३ गते पहिलोपटक काठमाडौंमा उपाध्यक्षहरुको भेला गरेको थियो।

त्यसपछि ३ नम्बर प्रदेश सभाले चितवनमा २०७५ साल मंसिर २९ गते अन्तरप्रदेश सभा अनुभव आदान प्रदान कार्यक्रम आयोजना गरेको थियो। यस प्रकारको सम्बादले प्रदेश सभा संचालनमा संघीय संसद्को अनुभवले सहयोग पुग्ने प्रदेश सभाका उपसभामुखहरुले बिश्वाश ब्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad