राजनीति


विपक्षी गठबन्धनका शीर्ष तीन नेताबीच छलफल

विपक्षी गठबन्धनका शीर्ष तीन नेताबीच छलफल

नेपालखबर
जेठ २४, २०७८ सोमबार ११:५८,

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका माधव कुमार नेपालबीच छलफल भइरहेको छ।

कांग्रेस सभापति देउवा निवास बुढानीलकण्ठमा छलफल भइरहेको हो। यसअघि आजै विहान देउवा र प्रचण्डबीच आधा घण्टा छलफल भएको थियो। त्यसलगत्तै नेपाल देउवा निवास पुगेका थिए।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि भन्दै आइतबार बेलुका विज्ञप्ती जारी गरेर २०७५ जेठ ३ गतेको अवस्थामा फर्कने घोषणा गरेका थिए।

ओलीले राखेको ६ बुँदे सर्तमा नेपाल समूहलाई सर्वोच्च अदालतमा पेश भएको मुद्दाको हस्ताक्षर फिर्ता लिनुपर्ने पनि उल्लेख छ।

ओलीले दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेपछि त्यसविरुद्ध कांग्रेसको अगुवाईमा १ सय ४६ सांसदले सर्वोच्च अदालतमा उपस्थित भएर मुद्दा दर्ता गरेका थिए।

तर, एमालेको एकताका लागि भनेर ओलीले नयाँ घोषणा गरेपछि नेपाल पक्षले के गर्छ? भन्ने बारेमा संयुक्त छलफल भइरहेको हो।

स्रोतका अनुसार नेपाल पक्षले सो हस्ताक्षर र मुद्दा फिर्ता नलिने अडान लिइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad