राजनीति


एमालेको आन्तरिक एकता प्रस्तावमा ओलीले लगाए प्रचण्डविरुद्ध यस्तो आरोप

एमालेको आन्तरिक एकता प्रस्तावमा ओलीले लगाए  प्रचण्डविरुद्ध यस्तो आरोप

नेपालखबर
जेठ २४, २०७८ सोमबार ०:१४,

प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (ने क पा) तत्कालीन एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का कारण फुटेको आरोप लगाएका छन्।

आफ्नो पार्टीका असन्तुष्ट माधव नेपाल पक्षलाई समेट्न एमालेलाई २०७५ जेठ ३ मै फर्काउने घोषणसहित ओलीले सार्वजनिक गरेको ६ बुँदे प्रस्तावमा सर्वोच्च अदालतको फैसलाका कारण नभई प्रचण्डको अनिच्छाका कारण नेकपा एकता भंग भएको आरोप लगाएका हुन्।

‘सर्वोच्च अदालतले त नेपाल कम्युनिस्ट पार्टीको नाम पहिल्यै निर्वाचन आयोगमा दर्ता रहेको हुनाले त्यससँग नाम जुझ्नेगरी गरिएको दर्ता मिलेन भनेको हो। एकता कायम राख्ने भए नयाँ नाम प्रस्ताव गर भनेको हो। यसका लागि समय पनि दिएको हो,’ ओलीले भनेका छन्, ‘पार्टीको प्रथम अध्यक्ष हुनुको नाताले मैले यसमा आफैं पहल पनि लिएको हुँ। तर पुष्पकमल दहाल ‘प्रचण्ड’ को अनिच्छाका कारण मेरो प्रयास सफल हुन सकेन।’

यसै कारण आफूहरू पुरानै पार्टी एमालेलाई क्रियाशील बनाउन बाध्य भएको ओलीले वक्तव्यमा उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘त्यसपछि मात्रै हामी एकीकरणका पक्षधरहरूको साझा पार्टी, एकताको विरासत बोकेको पार्टीका रूपमा नेकपा (एमाले) लाई नयाँ स्वरूप र गतिका साथ अगाडि बढाउने निष्कर्षमा पुगेका हौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad