राजनीति


राजेन्द्र महतोको अभिव्यक्तिप्रति समर्थनमा जनाउँदै ८१ जनाले निकाले विज्ञप्ति

राजेन्द्र महतोको अभिव्यक्तिप्रति समर्थनमा जनाउँदै ८१ जनाले निकाले विज्ञप्ति

नेपालखबर
जेठ २३, २०७८ आइतबार १६:२९,

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिको समर्थन गर्दै ८१ जना व्यक्तिहरुले विज्ञप्ति जारी गरेका छन्।

महतोले ‘नेपालमा राष्ट्रिय मुक्ति क्रान्तिमार्फत बहुलराष्ट्रिय राज्य निर्माण गर्नुपर्छ’ भनेर दिएको अभिव्यक्तिको ब्यापक आलोचना भएपछि उनले आफ्नो भनाई सच्याइसकेका छन्।

तर, सोही अभिव्यक्तिलाई समर्थन गर्दै विभिन्न क्षेत्रका ८१ जनाले आइतबार विज्ञप्ति जारी गरेका हुन्।

पूर्वमन्त्रीद्वय डा. केशवमान शाक्य र शिवलाल थापा, पूर्वराजदूत डा. गणेश योन्जन लगायत ८१ जनाले जारी गरेको विज्ञप्तिमा उपप्रधानमन्त्री महतोको सो अभिव्यक्ति ‘जायज’ भएको ठहर गरिएको छ।

उनीहरुले ‘उच्च हिन्दुवर्ण अहंकार तथा औपनिवेशिक मानसिकता बोकेका केही राजनीतिक पार्टीका नेताहरुले बहुलराष्ट्रिय राज्यको मागलाई अनर्गलरुपमा राज्य विखण्डनसँग जोडेर आरोपित गरेको विज्ञप्तिमा उल्लेख गरेका छन्।

यस्तै, उनीहरुले आन्तरिक औपनिवेशिकता मुक्त बहुलराष्ट्रिय राज्यप्रति प्रतिवद्ध हुन राज्यविहीन राष्ट्रहरुलाई आह्वानसमेत गरेका छन्।

 Public_Call-1_hI5mM9U4X9.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .