ad ad

राजनीति


संसद् विघटन मुद्दा : प्रधानन्यायाधीशले गरे संवैधानिक इजलास पुनर्गठन

संसद् विघटन मुद्दा : प्रधानन्यायाधीशले गरे संवैधानिक इजलास पुनर्गठन

नेपालखबर
जेठ २३, २०७८ आइतबार ४:३२,

संसद् विघटन सम्बन्धमा सर्वाेच्च अदालतमा परेका रिटको सुनुवाइ गर्न बनेको संवैधानिक इजलास प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आज (आइतबार) पुनर्गठन गरेका छन्।

यसअघि गठित इजलासप्रति प्रश्न उठेपछि प्रधान्यायाधीश राणाले आइतबार न्यायाधीशको वरिष्ठताका आधारमा पुनर्गठन गरेका हुन्।

इजलासमा राणासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खडका, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई छन्।

प्रधानन्यायाधीश राणाले यसअघि गत १४ गते गठन गरेको इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ थिए।

तर नेकपा नामको विवादमा पार्टी नै विभाजन गर्ने फैसलामा संलग्न श्रेष्ठ र त्यसको पुनरवलोकन अस्वीकार गर्ने  निर्णयमा संलग्न केसीले अहिले संसद् विघटनको मुद्दा हेर्न नमिल्ने भन्दै निवेदक पक्षका कानुन व्यवसायीले प्रश्न उठाएका थिए। तर न्यायाधीशद्वयले त्यही कारण आफूहरूले इजलास छाड्ननपर्ने जिद्दी गरेका थिए।

त्यसपछि वरिष्ठ न्यायाधीशहरु कार्की र भट्टराईले बरु आफूहरू नै इजलासबाट अलग्गिने भन्दै बाहिरिएका थिए।

गत मंगबलार सर्वोच्च बारका प्रतिनिधिसँग भएको छलफलमा प्रधानन्यायाधीश राणाले वरिष्ठताका आधारमा इजलास पुनर्गठन गर्ने वाचा गरेका थिए।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीशपछिको वरियतामा क्रमशः दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र इश्वरप्रसाद खतिवडा छन्।

गत शुक्रबार नागरिकतासम्बन्धी अध्यादेशविरुद्ध परेका रिट सुनुवाइका लागि पनि राणाले वरिष्ठताका आधारमा इजलास गठन गरेका थिए।

गत शुक्रबार नागरिकतासम्बन्धी अध्यादेशविरुद्ध परेका रिट सुनुवाइका लागि पनि राणाले वरिष्ठताका आधारमा इजलास गठन गरेका थिए।

तेस्रो वरियतामा रहेका हरिकृष्ण कार्की केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री रहेका बेला महान्यायाधिवक्ता थिए, त्यसकारण उनी इजलासमा बसेनन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेपछि १ सय ४६ सांसदले दायर गरेको रिटको प्रारम्भिक बहस क्रममा इजलास गठनमै प्रश्न उठेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .