ad ad

राजनीति


प्रदेश सांसदबाट हटाइएका कृष्ण थापाद्वारा सर्वोच्चमा रिट दायर

प्रदेश सांसदबाट हटाइएका कृष्ण थापाद्वारा सर्वोच्चमा रिट दायर

नेपालखबर
जेठ २१, २०७८ शुक्रबार ९:३५,

राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सांसदबाट हटाएका कृष्ण थापाले सर्वोच्चमा रिट दायर गरेका छन्। पार्टी अनुशासन उल्लंघनको आरोपमा कारबाहीमा परेका थापाले कारबाहीको निर्णय बदर माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

उक्त रिटमाथि सुनुवाइका लागि सर्वोच्चले आइतबारलाई पेशी तोकेको छ। थापाले आफूलाई संसदीय दलको बैठक नै नबसी गरिएको निर्णय बदर गरी आफूलाई सांसदको रुपमा काम गर्न पाउनु पर्ने माग गरेका छन्।

गत बिहीबार थापालाई जनमोर्चाले पार्टी विधान विपरीत काम गरेको र अनुशासन उल्लंघन गरेको भन्दै पदमुक्त गरेको थियो।

अधिवक्ता ईश्वरी भट्टराई समेतले उनको तर्फबाट रिट दायर गरेको वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले जानकारी दिए। रिट निवेदकको तर्फबाट आफूले पनि वहस गर्ने तय भएको मैनालीले बताए।

संसदीय दलको नेता र केन्द्रीय सदस्य समेत रहेका थापालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । थापा कारबाहीमा परेपछि सचेतक पियारी थापालाई दलको नेताको जिम्मेवारी दिएको थियो।

उनले पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावको पक्षमा समर्थन जनाएनन् भने कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्नसमेत नमानेपछि जनमोर्चाले कारबाही गरेको छ।

निवेदन पत्र:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .