राजनीति


प्रधानन्यायाधीशले गरे वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन

प्रधानन्यायाधीशले गरे वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन

नेपालखबर
जेठ २१, २०७८ शुक्रबार ५:५८,

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका छन्।

शुक्रबार गठित इजलासमा जबरासहित दीपक कुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडालाई संवैधानिक इजलासमा राखेका हुन्।

विश्वम्भर श्रेष्ठ अस्वस्थ रहेका कारण उनको ठाउँमा ईश्वरप्रसाद खतिवडालाई ल्याइएको छ।

यसअघि संसद विघटनको मुद्दामा 'चुज एण्ड पिक'को आधारमा इजलास गठन गर्दा विवाद भएको थियो।

प्रधानन्यायाधीश राणाले वरिष्ठताका आधारमा पहिलोपटक संवैधानिक इजलास गठन गरेका हुन्।

यसअघि वरीयताको अगाडि रहेकालाई छुटाएर पछाडि रहेका न्यायाधीशलाई पटक–पटक इजलासमा ल्याउँदै आएका थिए।

शुक्रबार संवैधानिक इजलासमा नागरिकता विधेयकसम्बन्धी रिटमा सुनुवाइ हुँदै छ।

अध्यादेशविरुद्ध वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्की, अधिवक्ताहरू विष्णुकुमारी गिरी, रामबहादुर शाही, कुलबहादुर बोगटी, वीरभद्र जोशी र मौलिक जरोकिलो पार्टीलगायतले रिट दायर गरेका छन्।

यसअघि जबराले संसद् विघटनको मुद्दा सुनुवाइका लागि दीपककुमार कार्की, डा.आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई राखेका थिए।

केसी र श्रेष्ठको विषयमा इजलासमा विवाद भएको थियो।

आफूमाथि प्रश्न उठे पनि उनीहरुले इजलास छाड्न मानेका थिएनन्। उनीहरुले नछाडेपछि कार्की र भट्टराईले इजलास छाडेका थिए।

संसद विघटनको मुद्दामा आइतबारदेखि सुनुवाइ हुनेछ। संसद् विघटनको मुद्दा पनि यही इजलासले हेर्ने भने निश्चित छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad