राजनीति


राष्ट्रपति र प्रधानमन्त्रीको बढाइचढाइ गर्न हतारिँदा मेट्नुपर्‍याे ट्विट

राष्ट्रपति र प्रधानमन्त्रीको बढाइचढाइ गर्न हतारिँदा मेट्नुपर्‍याे ट्विट

नेपालखबर
जेठ २१, २०७८ शुक्रबार ५:२३,

अमेरिकाले नेपाललाई कोरोनाविरुद्ध खोपका ५० लाख डोज दिने भनेर गरिएका ट्विट गलत साबित भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीका सञ्चार विज्ञ टीका ढकाल र प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्ना ट्विट डिलिट गरेका छन्।

अमेरिकाका राष्ट्रपति जो बाइडेनले नेपाली समयअनुसार बिहीबार राति कोरोनाविरुद्ध खोपका २ करोड ५० लाख डोज नेपालसहित विभिन्न मुलुकलाई बाँड्ने घोषणा गर्नासाथ खुसी हुँदै राष्ट्रपतिका सञ्चार-विज्ञ ढकालले ट्विट गरे– ‘सम्माननीय राष्ट्रपतिज्यूको अग्रसरता र नेपाल सरकारको क्रियाशीलताले कोभिड–१९ विरूद्धको खोप प्राप्तिमा आज अर्को सफलता प्राप्त भएको छ। हाम्रो अनुरोधलाई स्वीकार गर्दै संयुक्त राज्य अमेरिकाले नेपाललाई पचास लाख डोज खोप उपलब्ध गराउने जानकारी गराएको छ।’

tika twit

वास्तवमा बाइडेनले नेपाललाई कति डोज खोप दिने भनेर संख्या तोकिसकेका थिएनन्/छैनन्। जसले गर्दा उनको कुरा गलत साबित भयो। त्यसपछिकेही बेरमै उनले आफ्नो ट्विट डिलिट गरे। 

र, अर्काे ट्विट गरे– ‘मैले उल्लेख गरेको परिमाणलाई म तत्काल सच्याउन चाहन्छु! यो परिमाण हाम्रो अपेक्षा र अनुरोध हो।’

tika twit1

तर आफ्नो सरकारको कामलाई बढाइचढाइ गर्न हौसिहाल्ने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार थापाले त्यसको झन्डै १० घन्टापछि शुक्रबार बिहान त्यस्तै कुरा लेखे। अर्थात् उनले पनि अमेरिकाले नेपाललाई ५० लाख डोज खोप दिन लागेको भन्दै सरकारलाई बधाई दिए।

surya twit

तर सामाजिक सञ्जाल प्रयोगकर्ताले अमेरिकाले नेपाललाई त्यति डोज खोप दिने भनेर कहाँ लेखिएको छ भनेर प्रश्न तेर्स्याएपछि उनले पनि आफ्नो ट्विट डिलिट गरेका हुन्।

र, एकथान गाली गर्दै अर्काे ट्विट गरे, ‘तथ्यांक लेख्न उचित लागेन...।’

surya twit1

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad