राजनीति


युक्रेनी राष्ट्रपतिले भनेः कार्यालयमा मेरो फोटो नराख्नू, बन्द गरौं यो चलन

युक्रेनी राष्ट्रपतिले भनेः कार्यालयमा मेरो फोटो नराख्नू, बन्द गरौं यो चलन

नेपालखबर
जेठ १९, २०७८ बुधबार १२:३५,

उनले आफ्नो फोटो देशका हरेक कार्यालयबाट हटाउन अनुरोध गर्दै राष्ट्रपतिको फोटोको स्थानमा आफ्नो बालबच्चा साथै परिवारको फोटो राख्न अनुरोध गरेका छन्।

पारिवारिक तस्बिर कार्यालयमा राखिए त्यसले कर्मचारीमा उर्जा मिल्ने र कुनै निर्णय गर्दा सहजता महसुस हुने राष्ट्रपति जेलेन्सीको भनाइ छ।

युक्रेनी राष्ट्रपतिको कार्यालयको वेबसाइटमा जेलेन्स्कीको भनाइ उदृत गर्दै भनिएको छ,‘हामी विभिन्न अवसरहरूको देश निर्माण गर्नेछौं जहाँ कानुनको आँखामा सबै बराबर हुनेछन् भने निष्पक्ष र पारदर्शी नियमहरू लागू हुनेछन्।’

‘जसले मातृभूमिको माया गर्छ र देशको सेवा गर्छ उ सत्तामा आउनसक्छ। म सबैलाई के आग्रह गर्न चाहन्छु भने मेरो तस्बिर कार्यालयबाट हटाउनुहोस्’ जेलेन्स्कीले भनेका छन्,‘राष्ट्रपति मात्र प्रेरणाको स्रोत हुनसक्दैन।’

Zelensky: Two months as Ukraine's most unusual president | The Times of  Israelजेलेन्स्की

आफूलाई जो मनपर्छ र जसको तस्बिर हेरेर उर्जा मिल्छ सोही व्यक्तिको तस्बिर कार्यालयमा राख्न जेलेन्स्कील आग्रह गरेका हुन्।

स्मरण रहोस् जेलेन्स्की सन् २०१९ मे २० यता युक्रेनका राष्ट्रपति छन्।

राजनीतिक इतिहास र अनुभाव नै नभएका उनी प्रत्यक्ष रुपमा निर्वाचित भएर देशको राष्ट्रपति बनेका हुन्।

राष्ट्रपति निर्वाचनमा लड्नु अगाडि उनी व्यवसायिक हाँस्यव्यंग्य कलाकार थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad