सरकारले बेल्जियमका लागि नेपालको आवासीय राजदूत गेहेन्द्र राजभण्डारीलाई लक्जेमबर्गका लागि समेत गैरआवासीय नेपाली राजदूतको रुपमा नियुक्त गरेको छ।
राजभण्डारीलाई लक्जेमबर्गको समेत जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ।
परराष्ट्र मन्त्रालयका सहसचिव राजभण्डारी गत वर्ष बेल्जियमका लागि आवासीय राजदूत नियुक्त भएका हुन्।
उनलाई गत फागुनमा नेदरल्यान्ड्सको पनि जिम्मेवारी दिइएको थियो।

प्रतिक्रिया