ad ad

राजनीति


उपेन्द्र यादवपछि निर्वाचन आयोगमा महन्थ ठाकुरको पत्र, कसको दाबी के?

उपेन्द्र यादवपछि निर्वाचन आयोगमा महन्थ ठाकुरको पत्र, कसको दाबी के?

नेपालखबर
जेठ १९, २०७८ बुधबार १:३४,

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले दल दर्ताको किताबबाट आफ्नो नाम हटाउन निर्वाचन आयोगमा पत्र पठाएलगत्तै अर्का अध्यक्ष महन्थ ठाकुरले पनि त्यस्तै व्यहोराको पत्र आयोगमा बुझाएका छन्।

मंगलबार यादवपक्षीय जसपाको कार्यकारिणी समिति बैठकले अध्यक्ष ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीको साधारण सदस्यसबाट निष्कासन गरेपछि निर्वाचन आयोगलाई यसको जानकारी गराउँदै अर्का अध्यक्ष यादवले ठाकुरको नाम दल दर्ताको किताबबाट हटाउन पत्र पठाएका हुन्।

हेर्नुहोस्, पत्र :

upendra patra1

त्यसलगत्तै जसपामा पहिलो वरियताका अध्यक्ष ठाकुरले पनि अर्का अध्यक्ष यादवलाई पार्टीबाट निष्कासन गरिएको जानकारीसहित यादवको नाम दल दर्ताको किताबबाट हटाउन निर्वाचन आयोगमा पत्र पठाएका हुन्।

हेर्नुहोस्, पत्र :

mahantha patra1

आयोगमा जसपा दर्ता किताबमा दुवै अध्यक्षको नाम छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .