स्निकर्स विश्व चर्चित चकलेट हो। मेलबर्नमा जिरिमी तोले टिकटकमा स्निकर्स चीनमा बनेको हो भन्दै भिडिओ बनाएपछि स्निकर्स बहिष्कारको आवाज उठेको हो।
भिडिओमा उनले स्निकर्सको खोल पनि देखाएका छन् जहाँ ‘मेड इन चाइना’ लेखिएको छ।
वास्तवमा स्निकर्स अमेरिकामा बनेको हो। तर यसको लोकप्रियता विश्वभर बढेपछि अहिले धेरै देशमा स्निकर्स उत्पादन हुन्छन्।
यतिबेला चीन र अस्ट्रेलियाबीच विवाद छ। जसका कारण चीन र अस्ट्रेलियाबीच आरोप–प्रत्यारोप भइरहेको छ।
भिडिओ
कोरोना भाइरसको विषयमा चीनले पारदर्शी जानकारी दिनुपर्छ भनेपछि चीन अस्ट्रेलियासँग रुष्ट छ।
यस्तै चीन र अस्ट्रेलियाबीच व्यापारका विषयमा पनि विवाद बढेको छ भने अस्ट्रेलियाले चीनले दाबी गर्ने दक्षिण चीन सागरको विषयमा विवादस्पद भनाइहरु राख्दै आएको छ।
यही कारण अस्ट्रेलियाका नागरिकहरु चीनसँग रुष्ट छन् र स्निकर्स चीनमा बनेको खबर आएपछि उनीहरु क्रुद्ध भएका हुन्। डेली मेल

प्रतिक्रिया