राजनीति


धन्न ! हाम्रा विरोधीलाई कोरोनाले लैजाओस् भन्नुभएनछ : डा. पौडेल

धन्न ! हाम्रा विरोधीलाई कोरोनाले लैजाओस् भन्नुभएनछ : डा. पौडेल

नेपालखबर
जेठ १८, २०७८ मंगलबार १३:०,

परराष्ट्रमन्त्रीसमेत रहेका एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले राष्ट्रपतिले विदेशी समकक्षीसँग खोप मागेकोप्रति विरोध गर्नेहरूलाई ‘कोरोना नलागोस्’ भनेपछि एमालेकै अर्का नेता डा. विजय पौडेलले कडा टिप्पणी गरेका छन्।

मंगलबार एमालेको स्थायी कमिटी बैठकपछि प्रवक्ता ज्ञवालीले सञ्चारकर्मीसँग राष्ट्रपतिले आफ्नो हैसियितले काम गरिरहेको उल्लेख गर्दै भनेका थिए, ‘तर, ती नेताहरू, जसले अत्यन्त छुद्र तरिकाले टिप्पणी गरिरहनुभएको छ, मेरो प्रार्थना छ– उहाँहरूलाई कहिल्यै कोरोना नलागोस्!’

यसैमा एमाले पोलिटब्युरो सदस्य डा. पौडेलले धन्न ! हाम्रा विरोध गर्नेहरूलाई कोरोनाले लैजाओस् भनेनछन् भनेर टिप्पणी गरेका हुन्।

हेर्नुहोस् :

vijayatippa

सोही प्रसंगमा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पनि नेता भीम रावलविरुद्ध अलि अपाच्य खालको टिप्पणी गरेका थिए।

पढ्नुहोस् : सूर्य थापाद्वारा भीम रावलको मानसिक स्वास्थ्यप्रति गम्भीर टिप्पणी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .