राजनीति


प्रधान सेनापति थापाद्वारा पश्चिम क्षेत्रका सुरक्षा युनिटको निरीक्षण

प्रधान सेनापति थापाद्वारा पश्चिम क्षेत्रका सुरक्षा युनिटको निरीक्षण

नेपालखबर
जेठ १७, २०७८ सोमबार १२:५३,

प्रधान सेनापति पूर्णचन्द्र थापाले सोमबार सुदूरपश्‍चिम, मध्य पश्चिम र उत्तर पश्चिम पृतना अन्तर्गतका युनिटहरुको निरीक्षण भ्रमण गरेका छन्।

निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति थापाले सुदूरपश्‍चिम पृतना अन्तर्गत बोराडाँडीमा नवनिर्मित फिल्ड अस्पताल, नेपाली सेना सुपथ मूल्य क्यान्टिनको धनगढी शाखा र तेघरीस्थित सैनिक शिविरको उद्‍घाटन गरे।

field-hospital.JPG

नेपाली सेनाका हिताधिकारीहरुलाई क्षेत्रगत रुपमा नै विभिन्न सुविधाहरु प्रदान गर्ने लक्ष्यका साथ यी संरचनाहरु तयार भएका हुन्।

साथै, उनले मध्यपश्‍चिम पृतना अन्तर्गत नवलपरासीमा तैनाथ कालीध्वज गण र उत्तरपश्‍चिम पृतना अन्तर्गत बाँकेमा तैनाथ अर्जुनवाण गणको बस्तुस्थिति, बन्दोबस्ती लगायत अन्य विविध पक्ष बारे जानकारी हासिल गर्नुका साथै सकलदर्जाहरुलाई सम्बोधनसमेत गरेका थिए। 

sena-supath-mulya.JPG

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad