ad ad

राजनीति


प्रदेश २ को बजेट अधिवेशन जेठ २४ गते बोलाउने तयारी

प्रदेश २ को बजेट अधिवेशन जेठ २४ गते बोलाउने तयारी

शैलेन्द्र महतो
जेठ १७, २०७८ सोमबार १२:२२,

प्रदेश २ सरकारल अगामी जेठ २४ गते बजेट अधिवेशन बोलाउने तयारी गरेको छ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले चालु हिउँदे अधिवेशन अन्त्य गर्दै जेठ २४ गते बजेट अधिवेशन आह्वान गर्ने निर्णय गरेको हो।

त्यसका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए।

गएको चैत ३० गतेदेखि प्रदेश २ को पाँचौ अधिवेशन शुरु भएको थियो। उक्त अधिवेशनको दुईवटा बैठक चैत ३० र वैशाख १० गते बसेको थियो।

तेश्रो बैठक वैशाख १४ गतेका लागि आह्वान गरेको थियो। तर प्रदेशसभा सचिवालयका केही कर्मचारीलाई कोरोना संक्रमण भएपछि सचिवालयले अर्को सूचना नहुञ्जेलसम्मका लागि बैठक स्थगित गरेको थियो। कोरोना संक्रमण झनै फैलिएपछि बैठक हालसम्म स्थगित नै रहेको छ।

संघीय सरकारले जेठ १५ र प्रदेश सरकारले अषाढ १ गतेभित्र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। बैठक अधिवेशनको मुखमा प्रदेश २ मा सत्ता समीकरण फेरबदलको सम्भावना बढेको छ।

हाल प्रदेश २ मा जसपाको बहुमतको सरकार रहेको छ। तर पार्टी विभाजनको संघारमा पुगेपछि प्रदेश २ सरकारमा सत्ता समीकरण हेरफेरको सम्भावना बढेको हो।

पार्टी विभाजन हुँदा उपेन्द्र यादव पक्ष अर्थात पूर्वसमाजवादी फोरमले पूर्वराजपालाई सरकारबाट हटाएर कांग्रेस, माओवादी र एमालेका माधव पक्षलाई सरकारमा सहभागी गराउने आन्तरिक तयारी रहेको जसपाकै एक नेताले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .