युनाइटेड अरब इमिरेट्स (यूएई) ले नेपाललाई भेन्टिलेटर लगायतका स्वास्थ्य सामग्री पठाउने भएको छ।
ती सामग्री छिट्टै नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र यूएईका परराष्ट्र राज्यमन्त्री अहमद अली अल सायेगबीच भएको भर्चुअल वार्ताका क्रममा सो जानकारी गराइएको हो।
सो भर्चुअल वार्तामा नेपाल र यूएई सम्बन्धका विभिन्न पक्ष र कोभिडसम्बन्धी विषयहरु छलफल गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
कोरोना महामारीमा कठीन संघर्ष गरिरहेका बेला यूएईले नेपाललाई गरेको सहयोगका लागि परराष्ट्रमन्त्री ज्ञवालीले यूएईलाई धन्यवाद दिएका थिए।
यूएईका मन्त्रीले यो महामारीमा आफ्नो सरकारको तर्फबाट नेपाललाई सहयोग जारी राख्ने र यूएईमा रहेका नेपाली नागरिकको हितका लागि काम गर्ने आश्वस्त पारेका थिए।
यूएई यसअघि पनि स्वास्थ्य सामग्री प्रदान गरेको थियो।
प्रतिक्रिया