राजनीति


ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक, घनश्याम भुसालसहित १२ नेतालाई कारबाही हुन सक्ने

ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक, घनश्याम भुसालसहित १२ नेतालाई कारबाही हुन सक्ने

नेपालखबर
जेठ १७, २०७८ सोमबार २:१४,

राष्ट्रिय सभा सदस्य चुन्न आज लुम्बिनी प्रदेशमा उपनिर्वाचन हुँदै गर्दा सत्तारूढ नेकपा एमालेको स्थायी समिति बैठक बस्दै छ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले बिहान १० बजेका लागि पार्टीको स्थायी समिति बैठक बोलाएका हुन्।

एमाले सचिवालयका अनुसार बैठक प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बस्नेछ।

बैठकले माधव नेपाल पक्षका नेता घनश्याम भुसालसहित १२ नेतालाई कारबाही गर्ने सम्भावना छ। उनीहरूले स्पष्टीकरण नदिएकाले कारबाहीको निर्णय हुन सक्ने एमाले स्रोतले जनाएको छ।

यसअघि ओलीले माधव नेपाल, झनाथ खनाल, भीम रावलसहित ११ नेतालाई साधारण सदस्यसमेत नरहने गरी एमालेबाट निष्कासन गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad