राजनीति


प्रधानन्यायाधीशको प्रश्न : न्यायाधीश छान्ने जिम्मा पनि तपाईहरुलाई नै दिऊँ?

प्रधानन्यायाधीशको प्रश्न : न्यायाधीश छान्ने जिम्मा पनि तपाईहरुलाई नै दिऊँ?

नेपालखबर
जेठ १६, २०७८ आइतबार ८:७,

प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराले कानुन व्यवसायीलाई नै न्यायाधीश छान्न दिनु पर्ने हो भन्दै प्रश्न गरेका छन्।

संसद विघटनविरुद्धको मुद्दामा न्यायाधीशबारे प्रश्न उठेपछि भएको बहसमा जबराले अधिवक्ता मिथिलेसकुमर सिंहलाई यस्तो प्रश्न गरेका थिए।
सिंहले एउटा पक्षले प्रश्न उठाए पछि इजलासमा नबस्दा हुने बताए।

त्यसको विकल्प पनि भएको उनले बताए। सिंहलाई प्रधानन्यायाधीश राणाले भने, 'तपाईलाई न्यायाधीश छान्ने अधिकार छैन। एउटा पक्षले भन्दैमा न्यायाधीश नबस्ने भन्ने कुरा हुँदैन। तपाईहरुलाई दिउँ त त्यसो भए तपाईहरु न्यायाधीश छान्नुहुन्छ?'

कानुन व्यवसायीहरुले संवैधानिक इजलासमा रहेका बमकुमार श्रेष्ठ र तेजबहादुर केसीबारे प्रश्न उठाएका छन्।

रमण श्रेष्ठले ४६ मध्ये ७२ सांसदलाई प्रभाव पारेको मुद्दा भएको बताए। 'त्यही भएर श्रीमानहरुले विचार गर्नुपर्छ। उहाँहरु दुई जना श्रीमानसँग हामीलाई समस्या होइन, यो मुद्दामा उहाँहरु जोडिनु भयो,' उनले भने।

अधिवक्ता टिकाराम भट्टराई बहस गर्दै संवैधानिक इजलासमा बसेका न्यायाधीशको दोष नभएको बताए। 'उहाँहरुको के दोष श्रीमानले राख्दिनु भयो। भोलि मत बाझियो भने अहिले उठेको प्रश्न थप पेचिलो हुन्छ।

पहिले जस्तै एक मत भयो भने त जे आए पनि फरक नपार्ला,' उनले भने।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .