राजनीति


माओवादी नेता देव गुरुङ र कांग्रेस नेतृ पुष्पा भुसाल पुगे संवैधानिक इजलासमा

माओवादी नेता देव गुरुङ र कांग्रेस नेतृ पुष्पा भुसाल पुगे संवैधानिक इजलासमा

नेपालखबर
जेठ १६, २०७८ आइतबार ७:२१,

प्रतिनिधि सभा पुनःस्थापनाको मागसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा बहस सुरु हुँदै गर्दा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य देव गुरुङ र नेपाली कांग्रेस नेतृ पुष्पा भुसाल इजलासमा पुगेका छन्।

गुरुङ र भुसाल सो मुद्दाका रिट निवेदकका रुपमा अदालतको इजलासमा पुगेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकोमा त्यसविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका गरी १ सय ४६ सांसदले सर्वोच्च अदालतमा संयुक्त रिट निवेदन दिएका हुन्।

सो निवेदनलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पाँच सदस्यीय संवैधानिक इजलाश गठन गरी सो इजलाशमा सुनुवाइ सुरु गरेका छन्।

तर वादी तर्फका अधिवक्ताहरुले इजलाशमा तोकिएका न्यायाधीशको निष्पक्षतामा प्रश्न उठाएपछि अहिले त्यसकै विषयमा बहस भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad