राजनीति


भीम रावलले दिए सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्रीलाई बधाई!

भीम रावलले दिए सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्रीलाई बधाई!

नेपालखबर
जेठ १४, २०७८ शुक्रबार १५:४४,

पूर्व उपप्रधानमन्त्री भीम रावलले शुक्रबार नियुक्त भएका सुदूरपश्चिम सरकारका मन्त्रीहरुलाई बधाई दिएका छन्।

नेता रावलले ट्वीट गरी मन्त्री तथा राज्यमन्त्रीलाई बधाई दिएका हुन्।

रावलले लेखेका छन्, ‘सुदूरपश्चिम प्रदेश सरकारका सबै नवनियुक्त माननीय मन्त्री र राज्यमन्त्रीजीहरूलाई हार्दिक बधाई दिँदै कार्यकालको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु।’

शुक्रबार सुदूरपश्चिमका दुई मन्त्रीले राजीनामा दिएसँगै मुख्यमन्त्री त्रिलोचन भट्टले चार मन्त्री र चार राज्यमन्त्री नियुक्त गरेका हुन्। नवनियुक्त मन्त्रीहरु नेकपा एमालेको माधव नेपाल पक्षका हुन्।

एमालेले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको थियो भने सरकारबाट मन्त्रीहरुलाई फिर्ता बोलाएको थियो। तर नेपाल पक्षले पार्टीको निर्देशन अवज्ञा गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad