ad ad

कला


अमेरिकामा ‘ओभर डोज’ प्रिमियर गरिँदै

अमेरिकामा ‘ओभर डोज’ प्रिमियर गरिँदै

नेपालखबर
जेठ १४, २०७८ शुक्रबार १५:३२,

अमेरिकामा बस्ने दुई नेपाली युवाको जीवनीमा आधारित फिल्म ‘ओभर डोज’ प्रिमियर हुने भएको छ।

फिल्मलाई यहि मे २९ अर्थात भोली अमेरिकाको टेक्सस राज्यको डलासमा प्रिमियर हुने भएको हो। ड्रग्स र अपराधको कथामा निर्माण भएको यस फिल्ममा प्रनिसराज पन्त, सविनजंग थापा, बिना श्रेष्ठको मुख्य भूमिका रहेको छ भने गौरव गुरुङ र स्वामी डिजे लगायत अमेरिकन कलाकारको पनि अभिनय देख्न सकिन्छ।

सुमन पौडेलको लेखन तथा निर्देशनमा बनेको यस फिल्मलाई नेपाली र अंग्रेजी दुई भाषामा निर्माण गरिएको हो। निर्देशक पौडेलका अनुसार नेपाली तथा अंग्रेजी भाषामा फिल्म निर्माण भएको हो। सट फिल्म, म्युजिक भिडिओ तथा विज्ञापन निर्माण गर्दै आएको यो टिमले ड्रग्स र अपराधमा संलग्नहरूको जीवन यात्राको कथालाई फिचर फिल्ममा निर्माण गरेको हो।

उनीहरुको यो फिचर फिल्म पहिलो हो। यस फिल्मलाई दर्शकले मन पराउनेमा आफू ढुक्क रहेको निर्देशक पौडेलले बताए। चितवन निवासी पौडेल केही वर्षदेखि अमेरिकामा नै बसोबास गर्दै आएका छन्। उनले फिल्म मेकिङमा ब्याचलर सकेका छन्।

दर्शकका लागि केही नयाँ दिने उदेश्यले फिल्म निर्माण भएको अभिनेता प्रनिसराज पन्त बताए। उनी पढाईको सिलसिलामा अमेरिकामा बस्दै आएका छन्। दादा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको फिल्मलाई साजन कार्कीले सम्पादन गरेका छन्। यस फिल्मलाई समयअनुकुल भएपछि संसारभर प्रदर्शन गर्ने निर्माणपक्षको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .