राजनीति


उज्वल थापाको उपचारका लागि ६ घण्टामै जुट्यो साढे ६ हजार डलर

उज्वल थापाको उपचारका लागि ६ घण्टामै जुट्यो साढे ६ हजार डलर

नेपालखबर
जेठ १४, २०७८ शुक्रबार १४:२७,

कोरोना भाइरसको संक्रमित नेपाल विवेकशील पार्टीका संस्थापक अध्यक्ष उज्वल थापाको उपचारका लागि ६ घण्टाभित्र साढे ६ हजार भन्दा बढी अमेरिकी डलर सहयोग संकलन भएको छ।

दस दिनअघि अस्पताल भर्ना गरिएको थापाको स्वास्थ्य अवस्था जटिल भएपछि ग्रान्डी अस्पतालमा भ्यान्टिलेटरमा राखेर उपचार भैरहेको छ। थापाको उपचारमा सहयोगका लागि ‘गोफण्डमी’मा आर्थिक संकलन अभियान सञ्चालन गरिएको छ।

२५ हजार अमेरिकी डलर संकलन गर्न लक्ष्यका साथ शुरु गरिएको अभियानमा यो समाचार तयार पार्दा (शुक्रबार साँझ ८ बजे) सम्म १ सय ५१ जनाबाट ६ हजार ७ सय ८५ अमेरिकी डलर संकलन गरिएको छ।

ujwal.jpg
थापाको उपचारमा संलग्न रहेका चिकित्सक विश्व दवाडीले अवस्था जटिल रहेको र भ्यान्टिलेटरमा राखेको २४ घण्टा हुँदा पनि स्वास्थ्यमा सुधार नदेखिएको जानकारी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .