नेपाल बार एशोसियसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुरुत्साहनको मुद्दा लगाउनुपर्ने बताएका छन्।
महामारीको अत्यन्त जोखिमपूर्ण अवस्था जारी रहेका बेला जनतालाई चुनावी प्रक्रियामा धकेलेर जीवन जोखिममा पार्न बाध्य पार्ने कदम चालेका कारण प्रधानमन्त्री ओलीविरुद्ध दुरुत्साहनको मुद्दा हाल्नुपर्ने तर्क गरे।
‘पत्रकार रवी लामिछानेविरुद्ध दुरुत्साहन मुद्दा लगाइएको थियो, वास्तवमा प्रधानमन्त्री ओलीविरुद्ध चाहिँ त्यस्तो मुद्दा लगाउनुपर्ने हो,’ उनले भने।
प्रतिनिधि सभा विघटन गरी निर्वाचन घोषणा गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कदमका सन्र्दमा सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार कानुनविद्हरुसँग गरेको परामर्शका क्रममा सो धारणा राखेका हुन्।
कसैले कुनै व्यक्तिलाई आफ्नै ज्यान फाल्ने कदम गर्न उक्साहट गरेमा त्यसो गर्ने व्यक्तिविरुद्ध दुरुत्साहन मुद्दा चलाइन्छ।
Shares
प्रतिक्रिया