ad ad

समाज


कंगोमा ज्वालामुखी विस्फोट हुँदा ३२ को मृत्यु, सयौँजना बेपत्ता

कंगोमा ज्वालामुखी विस्फोट हुँदा ३२ को मृत्यु, सयौँजना बेपत्ता

नेपालखबर
जेठ १३, २०७८ बिहिबार ९:१५,

संयुक्त राष्ट्रसंघीय दाता एजेन्सीका सहायतार्कीहरुले बुधबार सो कुराको जानकारी गराएका हुन्। उनीहरुले बुधबारसम्ममा यहाँका ३२ जनाको ज्यान गएको र अरु सयौँ जना अझै हराइरहेको बताए।

गत शनिबार ज्वालामुखी विस्फोट भएपछि त्यसमा परेर हराएकाहरुको अब भने जिवीतै उद्धारको आशा नभएको ती सहायताकर्मीहरुले जनाएका छन्।

कंगोको उत्तरी प्रान्त किभुमा रहेको माउन्ट निरागोगोमा शनिबार राति ज्वालामुखी विस्फोट भएको थियो। त्यसमा परी सोही दिन कम्तीमा पनि १५ जनाको ज्यान गएको आइतबार बताइएको थियो।

उक्त पहाडमा ज्वालामुखी विस्फोट भएपछि लाभाहरुले सयौं बस्ती पुरेको थियो। त्यसबाट बाँच्नका लागि भाग्ने क्रममा धेरै जनाको ज्यान गएको बताइएको छ।

भाग्ने क्रममा ती व्यक्ति बेपत्ता भएका हुन्। साथै यसबाट यहाँका १७० जना बालबालिका पनि हराएका छन्। उनीहरुको अवस्था अज्ञात रहेको संयुक्त राष्ट्रसंघीय बालबालिकासम्बन्धी कोष, युनिसेफले जानकारी दिएको छ।

हराएका मध्ये ४० जना बयस्क छन् भने अरु केही बृद्धबृद्धाहरु पनि रहेका छन्। करिब १७० जना बालबालिका हराएका छन् भने अरु केही बालबालिका आफ्नो घरबाट अन्यत्र या अर्को गाउँमा पुगेका छन्। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .