ad ad

राजनीति


हिजो भाँडिएको एमाले सुदूरपश्चिम संसदीय दलको बैठक बस्यो, ओली पक्ष पनि सहभागी

हिजो भाँडिएको एमाले सुदूरपश्चिम संसदीय दलको बैठक बस्यो, ओली पक्ष पनि सहभागी

गोकुल जोशी
जेठ १२, २०७८ बुधबार ७:८,

एकदिनको अन्यौलपछि नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बुधबार बिहान बसेको छ।

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सो बैठक बिहान साढे ८ बजेदेखि सुरु भएको सहभागी एक सांसदले जानकारी दिए।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरुलाई सरकारबाट बाहिरिन निर्देशन जारी गरेपछि यस विषयमा छलफल गर्न प्रदेश संसदीय दलको बैठक बोलाइएको हो।

बैठकमा एमालेको ओली समूह पनि सहभागी भएको छ। बैठकमा सहभागी एक सांसदका अनुसार एमालेका २१ जना सांसद बैठकमा उपस्थित छन्। तीमध्ये ३ जना ओली समूहका सांसद छन्।

५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा एमालेका २५ जना (सभामुख सहित) छन्।

प्रदेश सभामा नेपाल–खनाल समूह बलियो छ। एमालेको नेपाल–खनाल समूहमा १८ सांसद छन् भने ओली समूहमा ६ सांसद देखिएका छन्।

ओली समूहका अन्य ३ सांसद जिल्लाबाहिर हुनाले बैठकमा अनुपस्थित रहेको बुझिएको छ।

यो पनि
नेपाल–खनाल समूहमै मतभेद हुँदा एमाले सुदूरपश्चिम संसदीय दलको बैठक भाँडियो

ओलीको निर्देशन मानेर सुदूरपश्चिम प्रदेश सरकारबाट फिर्ता होला नेपाल–खनाल समूह?

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .