राजनीति


आईपीयू गभर्निङ काउन्सिलको भर्चुअल बैठक सुरु

आईपीयू गभर्निङ काउन्सिलको भर्चुअल बैठक सुरु

नेपालखबर
जेठ १०, २०७८ सोमबार १५:२४,

अन्तर-व्यवस्थापिका संघ (आईपीयू) को २०७ औं गभर्निङ काउन्सिलको बैठक सुरु भएको छ।

दुई दिने बैठक मंगलबार भर्चुअल माध्यमबाट सुरु भएको हो। प्रत्येक ६ महिनामा विभिन्न सदस्य राष्ट्रमा आयोजना हुँदै आएको सम्मेलन कोरोना महामारीका कारण अघिल्लो वर्षदेखि भर्चुअल माध्यमबाट हुँदै आएको छ।

काउन्सिलको बैठकमा नेपालको तर्फबाट राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र राष्ट्रिय सभा सदस्य पार्वती रावल सहभागी छन्।

दुई दिनसम्म चल्ने बैठकको पहिलो दिन उद्घाटन तथा आईपीयूका अध्यक्ष दुआरते पचेकोले आफ्नो नियुक्ति पछिको ६ महिने कार्यकालबारे जानकारी गराएका थिए।

काउन्सिलको बैठकमा आईपीयूको २०२० को बजेट र २०६ औं बैठकका निर्णय समीक्षा भएको छ। त्यसैगरी दोस्रो दिन विभिन्न कमिटीहरुका प्रतिवेदन बारे छलफल हुनेछ।

आईपीयू सम्मेलन पनि हुँदै

त्यसैगरी आईपीयूको १४२ औं सम्मेलन यही बिहीबार र शुक्रबार भर्चुअल माध्यमबाटै हुनेछ।

महामारीको समयमा व्यवस्थापिका संघको भूमिका विषयमा छलफल हुने सम्मेलनमा पनि नेपालको संघीय संसदको तर्फबाट अध्यक्ष तिमिल्सिना सहभागी हुने र सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

आईपीयूको १४१ औं सम्मेलनमा सर्बियाको बेलग्रेडमा २०७६ असोजमा भएको थियो। सो सम्मेलनमा नेपालको संसदको तर्फबाट अध्यक्ष तिमिल्सिना नेतृत्वको ९ सदस्यीय प्रतिनिधिमण्डलले भाग लिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad