विकसित घटनाक्रमबारे छलफल गर्नको राजनीतिक दलका नेताहरु कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेका छन्।
नयाँ सरकार गठनको लागि आजै साँझ ५ बजेसम्म बहुमत पुर्याउन राष्ट्रपति विद्यादेपवी भण्डारीले समय दिएकी छिन।
सोही विषयमा छलफल गर्नको लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा लगायतका नेताहरु देउवा निवासमा जम्मा भएका छन्।
कांग्रेस र माओवादी गठबन्धनलाई माधव नेपाल समूहले साथ दिएको अवस्थामा नयाँ सरकार गठनका लागि बहुमत पुग्न सक्छ।
3
Shares

प्रतिक्रिया