राजनीति


प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्नैपर्छः भीम रावल

प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्नैपर्छः भीम रावल

नेपालखबर
जेठ ७, २०७८ शुक्रबार ४:५४,

नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मतको सामना गर्नैपर्ने जिकिर गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले एकैचोटि संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनका लागि समयसीमा तोकिसको अवस्थामा पूर्वमन्त्रीसमेत रहेका नेता रावलले धारा ७६ (४) ऐच्छिक नभई बाध्यकारी भएको बताएका हुन्। जसमा धारा ७६ (३) बमोजिम बनेको प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने उल्लेख छ। अहिले ओली सोही धाराअनुसार बनेका प्रधानमन्त्री हुन्।

‘नेपालको संविधानको धारा ७६ (४) ऐच्छिक होइन, बाध्यकारी हो। यसलाई छल्न मिल्दैन,’ शुक्रबार बिहान सामाजिक सञ्जालमा रावलले लेखेका छन्।

यस्तै आफ्नो सत्ता जोगाउन प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको मागबमोजिम नागरिक विधेयक संशोधन गर्न तयार भएको भन्ने खबर सार्वजनिक हुन थालेपछि नेता रावलले यसप्रति पनि सचेत गराएका छन्।

उनले भनेका छन्, ‘नागरिकता देशको अस्मिता र अस्तित्वसँग गाँसिएको विषय हो। यसलाई कुर्सीको खेलसँग कदापि जोड्नु हुन्न। नगरिकताबारे संविधान सभामा धेरै बहस भई संविधानमा लेखिएको भन्दा फरक किसमले जानु नेपाल र नेपालीको हितविरूद्ध हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad