राजनीति


राष्ट्रिय सभा सदस्यमा बादल पराजित, देवकोटा विजयी

राष्ट्रिय सभा सदस्यमा बादल पराजित, देवकोटा विजयी

नेपालखबर
जेठ ६, २०७८ बिहिबार ११:४८,

वाग्मती प्रदेश राष्ट्रिय सभा उपनिर्वाचनमा खिमलाल देवकोटा निर्वाचित भएका छन्।

भर्खरै प्राप्त अन्तिम मतपरिणामअनुसार नेकपा एमाले माधव नेपाल पक्षका उम्मेदवार डा. खिमलाल देवकोटाले प्रदेशमा ५८ र स्थानीय तहमा १२८ मत प्राप्त गरी विजयी भएका हुन्।

निर्वाचन आयोगका प्रमुख निर्वाचन अधिकृत न्यायाधीश डिल्लीरत्न श्रेष्ठका अनुसार देवकाेटाले प्राप्त गरेको कुल मतभार ५ हजार ८८ रहेको छ।

त्यसैगरी उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा ‘बादल’ले प्रदेश सभाबाट ४५ र स्थानीय तहबाट १०३ मत ल्याए। थापाले प्राप्त गरेको मतभार ४ हजार ४१ रहेको छ।

यस्तै नेपाल मजदुर किसान पार्टीका उम्मेदवार कृष्णबहादुर तामाङले स्थानीय तहबाट २ र प्रदेश सभाबाट पनि २ मत प्राप्त गरे। उनले पाएको मतभार १३२ रहेको छ।

बिहीबार बिहान मकवानपुरको हेटौंडास्थित भुटनदेवी उच्चमाविको प्रांगणमा मतदान भएको हो। निर्वाचनमा ९७.४० प्रतिशत मत खसेकाे थियाे। 

प्रदेश सांसदतर्फ १०९ र स्थानीय तहका २३८ मतदाता गरी कुल मतदाता ३४७  थिए। तर ९ जना मतदाता उपस्थित भएनन्। त्यसमध्ये विवेकशील साझाका ३ जनाले मतदान नै नगर्ने घाेषणा गरेका थिए। 

११० सदस्य रहेको प्रदेश सभामा दोलखाका सांसद पशुपति चौलागाईंको गत साता निधन भएपछि प्रदेश सभातर्फ १०९ मतदाता रहेका थिए।

विजेता देवकोटालाई नेपाली कांग्रेस र माओवादीले समेत मतदान गरेका थिए। त्यसको फाइदा उठाउँदै देवकोटा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad