कोभिड-१९ बाट गण्डकीमा थप २२ जनाको निधन भएको छ।
स्वास्थ्य निर्देशनालय, गण्डकीले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार मृत्यु हुनेमा नवलपुरका ५, कास्कीका ७, गोर्खाका ३ जना बागलुङका २, स्याङ्जाका ४ र तनहुँका १ जना रहेका छन्।
तीमध्ये गोरखाको शहीद लखन गाउँपालिका ६ का ४४ वर्षीय संक्रमितको थप उपचारको लागि काठमाडौं लैजाने क्रममा जेठ ४ गते निधन भएको हो भने पोखरा १२ की ७९ वर्षीया वृद्धाको होम आइसोलेसनमा बसेकै बेला बिहीबार निधन भएको हो।
बाँकी सबैको विभिन्न अस्पतालमा उपचारको क्रममै निधन भएको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन्। हालसम्म गण्डकीमा कोभिड संक्रमणबाट ४७४ जनाले ज्यान गुमाइसकेका छन्।
प्रतिक्रिया