राजनीति


गण्डकीमा अब ११ मन्त्रालय, मन्त्रीहरुले पाए जिम्मेवारी

गण्डकीमा अब ११ मन्त्रालय, मन्त्रीहरुले पाए जिम्मेवारी

वाशुदेव मिश्र
जेठ ५, २०७८ बुधबार १५:४८,

मन्त्रिपरिषद् बिस्तारसँगै गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रीहरुलाई जिम्मेवारी दिएका छन्।

बुधबार दिउँसो मन्त्रिपरिषद बिस्तार गर्दा ३ जना मन्त्रीलाई विना विभागीय बनाएका उनले साँझ मन्त्रालयको जिम्मेवारी बाँडफाँड गरेका हुन्।

यसअघि आर्थिक मामिला तथा योजनामन्त्री रहेका किरण गुरुङलाई सो मन्त्रालयसहित कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ। यसअघि सो मन्त्रालय माओवादी केन्द्रका लेखबहादुर थापाले सम्हालेका थिए।

सामाजिक विकास मन्त्रलायलाई फोडेर बनाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्री स्वयंले लिएका छन्।

रामशरण बस्नेतलाई भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रालय, उर्जा, जलश्रोत तथा खानेपानी, कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ। नरदेवी पुनले शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएकी छन्। विकास लम्साललाई पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति, वन वातावरण तथा भूसंरक्षण मन्त्रालय सुम्पिएको छ। दीपक मनाङेले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन्।

यसअघि गण्डकीमा ७ वटा मात्रै मन्त्रालय थिए। मुख्यमन्त्रीले मन्त्रिपरिषद बिस्तारको क्रममा मन्त्रालय बढाएका हुन्। प्रदेश सभामा भएका सदस्य संख्याको आधारमा गण्डकीमा १२ जना मन्त्री हुनसक्ने कानूनी व्यवस्था छ।

मन्त्रालय फुटाएसँगै मुख्यमन्त्री गुरुङले अब मन्त्रीहरु पनि थप्ने छन्। सदनमा बहुमत सिद्ध गनुपर्ने बाध्यतामा रहेका उनले सत्ता जोगाउनकै लागि स्वतन्त्र भनिएका दीपक मनाङलेलाई मन्त्री बनाएका हुन्।

सत्ता जोगाउन साथ दिए राष्ट्रिय जनमोर्चा र जनता समाजवादीका सभासदलाई उनले मन्त्री पदको अफर गरेका थिए।

gandaki-sapath1-2-5_1.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .