समाज


अरुणखोलाको ड्राइभर्सन खोलाले बगायो, राजमार्ग अवरुद्ध

अरुणखोलाको ड्राइभर्सन खोलाले बगायो, राजमार्ग अवरुद्ध

नेपालखबर
भदौ १, २०७६ आइतबार १४:५३,

पूर्व पश्चिम राजमार्ग अन्तर्गतको अरुणखोलाको पुल भाँचिएपछि बनाइएको ड्राइभर्सन खोलामा आएको बाढीले बगाएको छ।

गत बुधवार बिहान ट्रकको ठक्करबाट अरुणखोला पुल भाँचिएपछि बनाइएको ड्राइभर्सजन आइतबार साँझ आएको वर्षासँगैको बाढीले बगाएपछि अहिले पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ।

खोलामा आएको बाढीले ड्राइभर्सन बनाउन प्रयोग गरिएको हु्यमपाइपहरु केही मिटर बगाएर लगेको छ। शनिबार दिउसो देखि केहि सहज वनेको पुर्व पश्चिम राजमार्गको यातायात सेवा साँझ ६ बजेदेखि पुर्ण रुपमा रोकिएको छ।

मध्यविन्दु नगरपालिका अन्तर्गतको अरुणखोला पुल पूर्व र पश्चिम सवारी साधनको जाम लागेको इलाका प्रहरी कार्यालय अरुणखोलाले जनाएको छ। अस्थाइ ड्राइभर्सजन निर्माण भएसँगै यातायात सेवा सुचारु भएको खबर सुनेर आएका सयौं यात्रु र सवारी साधन बिच बाटोमा अलपत्र परेका छन्।

खोलामा पनीको वहाव ठुलो रहेकाले तत्काल वैकल्पिक मार्ग मार्फत यातायात सेवा सञ्चालन गर्न सम्भव नरहेको प्रहरीले जनाएको छ। मोटरसाइकल र पैदल यात्रु भने पुल माथिबाट नै यात्रा गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .