देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले कोरोना भाइरसको संक्रमणबाट नागरिकलाई बचाउन सरकार गम्भीर नबनेको आरोप लगाएका छन्।
जनता कोरोना कहरका कारण छटपटाइरहेका बेला सत्तापक्ष र संसदीय प्रतिपक्षी पार्टीका नेताहरु सत्ताको खेलमा रमाइरहेको उनले बताएका छन्।
मानवजीवन रक्षालाई पहिलो प्राथमिता दिन आग्रह गर्दै गजुरेलले सरकारलाई तीन बुँदे सुझाव समेत दिएका छन्।
बुधबार विज्ञप्ति जारी गरी उनले भनेका छन्,
(१) अक्सिजन, आईसीयू र भेन्टिलेटरसहित अस्पतालमा सङ्क्रमित बिरामीहरुको निःशुल्क उपचारको व्यवस्था गर्न कुनै पनि बहानामा ढिलाइ नगरियोस्।
(२) दोस्रो चरणको भ्याक्सिन निर्धारित समयमा लगाउने व्यवस्था गरियोस्।
(३) कुनै पनि नागरिक भोकै बस्नुपर्ने अवस्थाको अविलम्ब अन्त्य गरियोस्।

प्रतिक्रिया