राजनीति


कोरोना महामारी सामना गर्न ईयूद्वारा नेपाललाई २८ करोड २० लाख बराबरको सहयोग

कोरोना महामारी सामना गर्न ईयूद्वारा नेपाललाई २८ करोड २० लाख बराबरको सहयोग

नेपालखबर
बैशाख ३०, २०७८ बिहिबार १०:२५,

कोरोना महामारी सामना गर्नका लागि युरोपियन युनियन (ईयू) ले नेपाललाई २८ करोड २० लाख रुपैयाँ बराबरको सहयोग गर्ने भएको छ।

सो सहायता अन्तर्गत होम आइसोलेसनमा बसेकालाई टेलि–हेल्थ, टेली–मेडिसिन सेवा प्रदान गर्ने, राष्ट्रिय आपतकालीन मेडिकल टोली परिचालन गर्ने, अन्तर्राष्ट्रिय आपतकालीन मेडिकल टोलीहरुको परिचालनमा सहजीकरण र नेपालमा कोभिड–१९ सम्बन्धी उपकरण खरिद तथा आपूर्ति गर्न सघाउने युरोपियन युनियनले जनाएको छ।

‘उपकरण र आपूर्तिमा मुख्यतः अक्सिजन उपकरण जस्तै अक्सिजन ग्यास सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर, होमकेयर किट्स, एन्टिजेन टेस्ट किट्स, पीपीई लगायत छन्,’ ईयूले बताएको छ।

त्यसैगरी नेपालले ईयू सिभिल प्रोटेक्सन संयन्त्रलाई पनि सक्रिय पारेको ईयूले जनाएको छ।

ईयूका अनुसार नेपाललाई दिने सहायता अन्तर्गत फिनल्याण्डले २० लाख सर्जिकल फेस मास्क, ३ लाख ५० हजार एफएफपी मास्क, ५२ हजार ५०० जोर भिनेल पञ्जा र ३० हजार आइसोलेसन गाउन उपलब्ध गराएको छ।

यो पनिः

अक्सिजन संकट समाधान गर्न अमेरिकाले नेपाललाई साढे २७ लाख डलर सहयोग गर्ने घोषणा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad