रोयल अस्ट्रेलियन नेभीका अनुसार अस्ट्रेलियाको ‘एचएमएस सिड्नी’ युद्धक जहाजमा अड्किएर गतहप्ता ह्वेलहरु मरेका हुन्।
अमेरिकाको सान डिएगो पुग्दा त्यहाँ उक्त जहाजमा ह्वेलहरु अड्किएका थिए। जहाजको तल्लो भागमा ह्वेलका टुक्रहरु भेटिएका थिए।
त्यहीँ वरपर मृत ह्वेल भेटिएपछि जहाजमै अड्किएर ह्वेल मरेको पुष्टि भएको हो।
फिन ह्वेल ब्लू हे्वलपछिकै ठूलो माछा हो। जहाजमा अड्किएर एउटा ६५ फिट लामो र अर्को २५ फिट लामो ह्वेल मरेको बताइएको छ।
अधिकारीहरुका अनुसार ह्वेल मार्ने अस्ट्रेलियाको जहाज ७ हजार टन वजनको छ। सीएनएन
3
Shares

प्रतिक्रिया