ad ad

राजनीति


अक्सिजन संकट समाधान गर्न अमेरिकाले नेपाललाई साढे २७ लाख डलर सहयोग गर्ने घोषणा

अक्सिजन संकट समाधान गर्न अमेरिकाले नेपाललाई साढे २७ लाख डलर सहयोग गर्ने घोषणा

नेपालखबर
बैशाख ३०, २०७८ बिहिबार ९:५४,

अहिलेको अक्सिजन अभाव समाधान गर्न अमेरिकाले नेपाललाई २७ लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग गर्ने घोषणा गरेको छ।

कोरोना महामारीका बेला नेपाली जनतामाथि अक्सिजनको संकट आइपरेका कारण यस कठीन अवस्थामा आवश्यक सामग्री तत्काल उपलब्ध गराउन अमेरिका लागिपरेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।

‘आज अमेरिकी इन्डो–प्यासिफिक कमान्डले नेपालमा अत्यन्तै जरूरी अक्सीजन प्लान्ट, सिलिन्डर, तथा भन्डार ट्यांकहरू उपलब्ध गराउन थप २७ लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग घोषणा गरेको छ,’ दूतावासले बिहीबार भनेको छ, ‘२०२० को अप्रिल यता अमेरिकी इन्डो–प्यासिफिक कमान्डले अन्तरराष्ट्रिय मानवीय विपत्ती सहायता तथा नेपालको लागि नागरिक सहयोग अन्तरगत कोभीड–१९ को उपचार तथा व्यवस्थापनको लागि आवश्यक पीपीई, आइसोलेसन सेन्टरका सामग्री, अक्सिजनसम्बन्धी विभिन्न उपकरण, टेलिमेडिसिनका सामान, हात धुने केन्द्रहरू तथा अन्य अत्यावश्यक सामानलगायत झन्डै ५८ लाख डलर बराबरको सहयोग उपलब्ध गराइसकेको छ।’

योसँगै नेपालमा यूएसएआइडी समेत अमेरिकी सरकारका विभिन्न एजेन्सीहरूले नेपालमा गरेको कोभीड–१९ सम्बन्धी सहयोग झन्डै ५१ मिलियन डलर बराबरको भएको दूतावासले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .