नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बूढानीलकण्ठमा छलफल सुरु भएको छ।
नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमाको अन्तिम दिन राजनीतिक भेटवार्ता तीब्र बनेका हुन्।
बिहानमात्र देउवाले जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग छलफल गरेका थिए।
यता प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच पनि छलफल चलिरहेको छ।

प्रतिक्रिया