राजनीति


महन्थ ठाकुरलाई डा. बाबुराम भट्टराईको आग्रह : नयाँ सरकार गठनमा जसपा एकताबद्ध हुनैपर्छ

महन्थ ठाकुरलाई डा. बाबुराम भट्टराईको आग्रह : नयाँ सरकार गठनमा जसपा एकताबद्ध हुनैपर्छ

नेपालखबर
बैशाख २८, २०७८ मंगलबार ५:१४,

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार बनाउने पक्षमा आफू नलाग्ने भनिरहेका बेला सोही पार्टीका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईले भने नयाँ सरकार बनाउन जसपा एकताबद्ध हुनुपर्ने बताएका छन्।

सोमबार दिउँसो संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने क्रममा जसपाका डा. भट्टराई–उपेन्द्र यादव पक्षका सांसदले विपक्षमा मतदान गरेका थिए भने अध्यक्ष ठाकुर पक्षका १५ सांसद पक्ष विपक्ष कतै नलागी तटस्थ बसेका थिए। साथै त्यसपछि मध्यराति विज्ञप्ति जारी गरी ठाकुरले आफू नयाँ सरकार बनाउने पक्षमा नरहेको जनाएका हुन्।

यो पनि : मध्यराति महन्थ ठाकुरको विज्ञप्ति : ओली नै ठीक छन्, हामी अर्को सरकार बनाउने पक्षमा छैनौं

तर जसपाकै संघीय परिषद् अध्यक्ष डा. भट्टराईले आज (मंगलबार) बिहान सामाजिक सञ्जालमार्फत नयाँ सरकार बनाउन जसपा सक्रिय हुनुपर्ने धारणा राखेका हुन्।

प्रश्न एकथान सरकार बनाउने मात्र नभई लोकतन्त्र रक्षाको भएकाले सबै संकीर्ण दलीय/गुटीय सोचभन्दामाथि उठेर यसमा सहभागी हुन डा. भट्टराईले आह्वान गरेका छन्।

उनले अगाडि लेखेका छन्, ‘वैकल्पिक शक्ति हुनुको नाताले जसपाले एकताबद्ध भएर राष्ट्रिय भूमिका निभाउनैपर्छ।’

babumaha 1

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad