राजनीति


संसदमा महन्थ ठाकुरले भनेः हामी कसैको पनि पक्ष र विपक्षमा छैनौँ

संसदमा महन्थ ठाकुरले भनेः हामी कसैको पनि पक्ष र विपक्षमा छैनौँ

नेपालखबर
बैशाख २७, २०७८ सोमबार १०:२,

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले संसदमा आफ्नो पार्टी कसैको पनि पक्ष र विपक्षमा नरहेको बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत मागेपछि आज भएको विशेष अधिवेशन बैठकमा बोल्दै अध्यक्ष ठाकुरले उक्त कुरा बताएका हुन्।

उनले भने, ‘संसदमा हामी पक्षमा पनि छैनौं र विपक्षमा पनि छैनौँ, किनकि लोकतन्त्र आइसकेपछि पनि हामी पीडित छौँ।’

आफ्नो सांसद रेशम चौधरीलाई आजको बैठकमा देख्न चाहेको बताउँदै उनले संविधान र आफ्ना नेता कार्यकर्तामाथि लागेका अभियोग र आरोपविरुद्ध तीव्र रोष प्रकट गरे।

‘हाम्रा सांसद रेशम चौधरीलाई हामी यहाँ देख्न चाहन्थ्यौँ, प्रदेशका सांसदहरु तारेख धाइरहेका छन्, हाम्रा नेता मुद्दा धाइरहेका छन्’, उनको आक्रोश थियो, ‘यो सबै संविधानको कारण हो।’

संविधान बनाउँदा नै जसपाले उठाएका कुरा र मागहरु सुनेको भए आजको अवस्था नआउने उनको दाबी थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .