समाज


भक्तपुरमा टिपरको ठक्करबाट घाइते स्कुटर चालकको मृत्यु

भक्तपुरमा टिपरको ठक्करबाट घाइते स्कुटर चालकको मृत्यु

नेपालखबर
बैशाख २७, २०७८ सोमबार ९:५५,

भक्तपुरमा टिपरको ठक्करबाट घाइते भएका स्कुटरमा सवार व्यक्तिको मृत्यु भएको छ।

आइतबार राति साढे १० बजे सुर्यबिनायक नगरपालिका ६ स्थित अरनिको राजमार्गमा लु २ ख ४५८८ नम्बरको टिपरले वागमती प्रदेश ०२–०२४ प १६८४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा जगातीका ४० वर्षीया राजाराम सुवाल गम्भीर घाइते भएका थिए।

उनको उपचारका क्रममा अन्नपुर्ण न्युरो अस्पताल माइतीघरमा सोमबार दिउँसो मृत्यु भएको हो। घटना लगतै उनलाई डा. ईवामुरा अस्पताल सल्लाघारी भक्तपुर लगिएको थियो।

आइतबार राति नै उनलाई अन्नपुर्ण रिफर गरिएको थियो। टिपर चालक लमजुङ बेशीशहर गाँउपालिका–११ का ३५ वर्षीय टार्जुन गुरुङलाई प्रहरीले पक्राउ गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .