नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमाथि संसदमा आफ्ना धारणा राख्दै देउवाले प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने भएकोले संविधानको धारा ७६(२) अनुसार सरकार गठनको प्रक्रिया सुरु गर्न आग्रह गरे।
देउवाले ओली सरकार अधिनायकवादी बनेको, गणतन्त्रमाथि खतरा पैदा गरेको कारण विश्वासको मत दिन नसक्ने बताए।
संसद बैठकमा नेताहरुले बोलिसकेपछि मतदान प्रक्रिया सुरु हुनेछ।

प्रतिक्रिया