राजनीति


संसदमा उपस्थित नहुने हाम्रो निर्णय- न विभाजन न समर्पण : घनश्याम भुसाल

संसदमा उपस्थित नहुने हाम्रो निर्णय- न विभाजन न समर्पण : घनश्याम भुसाल

नेपालखबर
बैशाख २७, २०७८ सोमबार ९:२,

नेकपा एमालेका महासचिव घनश्याम भुसालले संसद् बैठकमा उपस्थित नहुने आफूहरूको निर्णय विभाजन वा समर्पण नभएको दाबी गरेका छन्।

अहिले प्रतिनिधि सभामा विशेष अधिवेशनको पहिलो बैठक चलिरहेको छ भने प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमा मतदान सुरु हुन लाग्दैछ।

जसमा आफ्ना पक्षका सांसद सहभागी नै नहुने निर्णय वरिष्ठ नेता माधवकुमार नेपालकाे समूहले गरेको छ।

सामूहिक राजीनामा दिने तयारीमा पुगिसकेका नेपाल पक्षका सांसदले प्रतिनिधि सभाको विशेष अधिवेशन सुरु हुनुअघि सोमबार बिहान छलफल गरी अन्तिम समयमा राजीनमा नदिने तर प्रधानमन्त्रीलाई विश्वासको मत दिन संसद् बैठकमा उपस्थित नहुने निर्णय गरेको हो।

यही निर्णयलाई पूर्व कृषिमन्त्रीसमेत रहेका भुसालले आफ्नो समूहले गत चैत ४ र ५ गते गरेको राष्ट्रिय भेलाबमोजिम भएको दाबी गरेका हुन्। जुन निर्णय पार्टीको विभाजन तथा कसैसँग समर्पणका पक्षमा नरहेको जिकिर उनले गरेका हुन्।

भुसालले सोमबार दिउँसो सामाजिक सञ्जालमा लेखेका छन्, ‘संसदमा अनुपस्थिति चैत्र ४ र ५ गतेको राष्ट्रिय भेलाको निर्णय ‘न विभाजन, न समर्पण’को अनुकूल छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad