राजनीति


लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव, ४० सांसदको हस्ताक्षर

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव, ४० सांसदको हस्ताक्षर

नेपालखबर
बैशाख २६, २०७८ आइतबार ६:३४,

४० सांसदको हस्ताक्षर लिएर लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वास प्रस्ताव दर्ता गरिएको छ।

माओवादी केन्द्रका सांसद कुलप्रसाद केसीको नेतृत्वमा कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका ४० विपक्षी गठबन्धनले आइतबार अविश्वासको प्रस्ताव दर्ता गरेको सांसद सुदर्शन बरालले नेपालखबरलाई जानकारी दिए।

‘हामीले मुख्यमन्त्रीविरुद्ध भर्खरै अविश्वासको प्रस्ताव दर्ता गरेका छौँ’, बरालले भने, ‘४० सांसदको हस्ताक्षर छ।’

यसअघि एमालेकै माधव नेपाल पक्षका सांसदबाट ‘फ्लोर–क्रस’ हुने आशंकाले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफूविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुनुअघि नै वैशाख १९ गते पदबाट राजीनामा दिएका थिए।

उनले सोही दिन मुख्यमन्त्रीको शपथ लिएका थिए।

अल्पमतमा भए पनि मुख्यमन्त्रीको शपथ खुवाएको भनेर विपक्षी सांसदहरुले विरोध गरे पनि सुरक्षाकर्मी परिचालन गरेर मुख्यमन्त्री पोखरेलले शपथ लिएका थिए।

त्यसप्रति असन्तुष्टि जनाउँदै पोखरेल पक्षका एक सांसद दृगराज पाण्डे कांग्रेस प्रवेश गरेका छन्। यस्तै दुई जना सांसद माओवादी केन्द्र प्रवेश गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad