ad ad

राजनीति


कोभिड संक्रमितका लागि घरदैलो सेवा ल्याउँदैछौं : मन्त्री गुरुङ

कोभिड संक्रमितका लागि घरदैलो सेवा ल्याउँदैछौं : मन्त्री गुरुङ

नेपालखबर
बैशाख २४, २०७८ शुक्रबार १२:६,

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले केही दिनभित्र नै कोभिड संक्रमितका लागि सरकारले ‘डोर टु डोर’ स्वास्थ्य सेवा सञ्चाल गर्ने बताएका छन्।

छैटाैं पत्रकारिता दिवस २०७८ को अवसरमा शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित कार्यक्रममा सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले आफन्त नभएका र सबै परिवार कोभिडबाट संक्रमित भएका परिवारलाई स्वास्थ्य सेवा दिने गरि स्वास्थ्य सेवा सञ्चालन गरिने बताएका हुन्।

उनले कसैलाई पनि कुनै पनि खाद्यपदार्थको अभाव हुन नदिने गरि स्वास्थ्य जस्तै तरकारी लगायत अत्यावश्यक खाद्यपदार्थको पनि ‘डोर टु डोर सेवा सञ्चाल गरिने आश्वासन दिए।

उनले भने, ‘परिवार नै कोभिड संक्रमण देखिएको छ । आफन्त छैनन् सबै आइसोलेसनमा छन् भने हामी डोर टु डोर’ सेवा दिने मेडिकल टिम सहितको गाडी दौडिने छ । त्यसको नेपाल रेडक्रसले त्यसको संयोजन गर्ने छ।’

उनले महामारीको समयमा संञ्चारगृहहरुलाई भय र त्रास फैलाउने काम नगर्न सुझाव दिए। मान्छेहरुलाई त्रसित र निरास बनाउने किसिमका समाचार सम्प्रेषण हुने गरेको भन्दै उनले छिटै नै मन्त्रालयले सञ्चारगृहहरुलाई गाईडलाइन्स बनाएर परिपत्र गर्ने तयारी गरिरहेको बताए। त्यसका लागि सबै सञ्चारगृहलाई समावेश गरि मन्त्रालयभित्रै समाचार उत्पादन गर्न एउटा छुट्टै टिम बनाउन लागेको पनि उहाँले जानकारी दिए।

उनले भने, ‘कोभिडबाट सकियो अव केही छैन। अक्सिजन छैन। बेड छैन। सिलिण्डर छैन। आईसीयू छैन। बेडको बारेमा अब तपाईहरुले चिन्ता नगर्नुहोस्। स्वास्थ्य मन्त्रालयले पनि तुरुन्तै अभाव के रह्यो भनेर टेलिफोनहरुको व्यवस्थापन गरेको छ। त्यसमा सम्पर्क गर्ने।’

उनले मन्त्रालयले घोषणा गरेको सम्मान तथा पुरस्कारमा सन्तुलन र समावेशी नहुनपनि सक्ने उल्ल्लेख गर्दै कुनै पनि विषय विवादरहित हुन नसक्ने बताए।

उनले भने, ‘सबैमा सन्तुलन नहुन सक्छ। सबै हामीले सोचे जस्तो समावेशी नहुन सक्ला तैपनि हामीले सबैको भावनालाई प्रतिनिधित्व हुनेगरि गरेका छौं। हामी विवादरहित त कहिलेही पनि हुन सक्क्तैनौं।’

जुनसुकै कुराको पनि विरोध गर्ने र आलोचना गर्ने संस्कार रहेको भन्दै समाचार विक्रि गर्ने सोचमा नभई समाजलाई सकारात्मक परिर्वतन गर्नुको साथै वर्तमान अवस्थामा कोभिड मुक्त बनाउने सोचमा अघि बढ्नुपर्नेमा उनले जोड दिए।

उनले कोभिड रोकथाम तथा नियन्त्रणका कार्यहरुमा सरकारले सबैसँग समन्वय गरेर जानुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .