राजनीति


राष्ट्र र समाजको विकासका लागि युवा जिम्मेवार भएर अघि बढ्नुपर्छः मुख्यमन्त्री राई

राष्ट्र र समाजको विकासका लागि युवा जिम्मेवार भएर अघि बढ्नुपर्छः मुख्यमन्त्री राई

नेपालखबर
साउन ३२, २०७६ शनिबार ८:३२,

विराटनगर प्रदेश  १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्र र समाजको विकासका लागि युवाले जिम्मेवार भएर अघि बढ्नुपर्ने बताएका छन्।

उदयन नेपालद्वारा शनिबार आयोजित ‘एक उडान सकारात्मकता तर्फ’ कार्यक्रमको शुभारम्भ एवं उद्घाटन गर्दै उनले निष्ठावान र इमानको जगमा उभिएर क्रियाशील हुने व्यक्तिले नै सफलता पाउने बताएका छन्। उनले विगत सुखद नरहेको प्रसंग उल्लेख गर्दै अस्थिरता र द्वन्द्वले मुलुकको विकास नभएकाले अब युवा राष्ट्र निर्माणमा लाग्नुपर्नेमा जोड दिए।

उनले युवालाई उद्यमशीलतासँग जोड्न प्रदेश सरकारले रु २० करोड विनियोजन गरेको जानकारी दिँदै युवालाई समाजप्रति जवाफदेही बनाउन र १० वर्षमा वैदेशिक रोजगारीमा जाने युवालाई रोक्न विनियोजित रकमले मद्दत पुग्ने बताए।

समाजिक विकासमन्त्री जीवन घिमिरेले नयाँ नेपालको निर्माण नयाँ पुस्ताले मात्र गर्न सक्ने बताए। उनले युवाले आफ्नो समय र अवसरलाई उच्चतम प्रयोग एवं उपयोग गर्नुपर्ने सुझाव दिँदै युवालाई सिर्जनशील काममा लाग्न आग्रह गरे।

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष विक्रम लुइँटेल, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा, अभिभावक संघका प्रदेश अध्यक्ष देवी पन्थी र उदयन नेपालका अध्यक्ष अनुपमा बाँस्तोलाले यस संस्थाका माध्यमबाट युवालाई नैतिक र व्यवहारिक ज्ञान प्रदान गरी प्रदेशभरि सो अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए। रासस
–––

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .