नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभाका सांसद गगन थापाले खोप आयात प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओली आफैँ संलग्न भएको आरोप लगाएका छन्।
सामाजिक सञ्जाल ट्विटरमा उनले पछिल्लो समय कमिसन विवादका कारण खोप आउन नसकेपछि त्यसमा प्रधानमन्त्री ओली आफैँ संलग्न भएको बताएका हुन्।
उनले भनेका छन्, ‘खोप प्रकरणमा सार्वजनिक तथ्यले प्रस्ट पार्छ– जे भयो, त्यो अनियमितता मात्र होइन, अपराध हो र त्यो सबै प्रधानमन्त्रीज्यूलाई थाहा थियो तर रोक्नुभएन अर्थात् आफैँ संलग्न हुनुभयो।’
उनले जो आरोपित छ उनैलाई छानबिन गर भन्नुको केही अर्थ नभएको बताउँदै संसदले यो अपराधको जरासम्म पुगेर छानबिन गर्ने दायित्व पूरा गर्नुपर्ने माग गरेका छन्।
भारतबाट सेरम इन्स्टिच्युटसँग खोप आयात गर्न एजेन्टले कमिसन माग्दा नेपालमा खोप आउन नसकेपछि सरकारको आलोचना भइरहेको छ।
खोप प्रकरणमा सार्वजनिक तथ्यले प्रस्ट पार्छ-जे भयो त्यो अनियमितता मात्र होइन,अपराध हो र त्यो सवै@PM_Nepalज्यूलाई थाहा थियो तर,रोक्नुभएन अर्थात् आफै संलग्न हुनुभयो।जो आरोपित छ उनैलाई छानबिन गर भन्नुको केही अर्थ छैन।संसदले यो अपराधको जरासम्म पुगेर छानबिन गर्ने दायित्व पुरा गर्नुपर्छ
— Gagan Thapa (@thapagk) May 7, 2021

प्रतिक्रिया