राजनीति


ओली–नेपाल भेट्दै, एमालेले कसलाई बनाउला राष्ट्रिय सभा सदस्यको उम्मेदवार?

ओली–नेपाल भेट्दै, एमालेले कसलाई बनाउला राष्ट्रिय सभा सदस्यको उम्मेदवार?

नेपालखबर
बैशाख २४, २०७८ शुक्रबार ६:३,

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच वार्ता हुने भएको छ।

स्थायी कमिटीका सदस्य सुवास नेम्वाङका अनुसार राष्ट्रिय सभाको वागमती प्रदेशअन्तर्गत हुनलागेको उपनिर्वाचनमा उठाउने उम्मेदवार, पार्टीभित्र देखा परेका विवादलगायत समस्या समाधानका विषयमा आज ओली र नेपालबीच वार्ता हुनलागेको हो।

उनले वार्तास्थल भने बताउन चाहेनन्।

यसअघि ओली र नेपालबीच होटेल मेरियटमा दुईपटक वार्ता भएको थियो। दुवै वार्तामा ठोस प्रगति हुन नसकेपछि ओली नेपालपक्षप्रति आक्रामक बन्दै आएका छन्।

यसैबीच, ओली र नेपालबीच संवादको तयारी भइरहेका बेला एमाले ओली पक्षको स्थायी कमिटीको बैठक बसेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको नेम्वाङले जानकारी दिए।

‘उपनिर्वाचनको उम्मेदवार चयनकै विषयमा स्थायी कमिटीका सदस्यहरुसँग औपचारिक र अनौपचारिक छलफल भइरहेका छन्’, नेम्वाङले नेपालखबरसँग भने, ‘उम्मेदवारको टुंगो लगाएर मनोनयन गर्नुपर्ने भएको छलफल भएको हो। ’

रामबहादुर थापाले अनिच्छा देखाएपछि उपनिर्वाचनमा कसलाई उठाउने एमालेले निर्णय गर्न सकेको छैन।

बिहीबार प्रधानमन्त्री ओली, स्थायी कमिटी सदस्य घनश्याम भुसाल र योगेश भट्टराईबीच बालुवाटारमा विशेष वार्ता भएको थियो।

माधवकुमार नेपालसहित ४ नेतामाथि लगाइएको कारबाही फिर्ता लिनुपर्ने भुसाल र भट्टराईले प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad