राजनीति


स्वास्थ्यमन्त्री भन्छन् : कोरोना संक्रमितको उपचारमा सरकारले हातखुट्टा छोडेको छैन

स्वास्थ्यमन्त्री भन्छन् : कोरोना संक्रमितको उपचारमा सरकारले हातखुट्टा छोडेको छैन

नेपालखबर
बैशाख १८, २०७८ शनिबार १६:२९,

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना संक्रमितको उपचारमा सरकारले हातखुट्टा नछोडेको बताएका छन्।

आज एक भिडिओ सन्देश जारी गर्दै त्रिपाठीले संक्रमितको उपचारका लागि काठमाडौंमा आइतबारदेखि एक हजार बेड थपिन लागेको बताए।

मन्त्रालयले शुक्रबार एक अपील जारी गर्दै बेड उपलब्ध गराउन नसक्ने बताएपछि चौतर्फी आलोचना भएको थियो।

उनले करोनाको दोस्रो लहर जटिल भए पनि आतंकित हुने अवस्था नभएको बताए।

उनले सबै जिम्मा सरकारले लिएको र आफ्नो प्रतिवद्धता पुरा गर्ने बताए।

कोरोनाका कारण विश्व प्रताडित रहेको र दक्षिणको छिमेकी भारत पनि प्रताडित भएकाले अक्सिजन लागयतका सामग्री आपूर्तीमा असहज भए पनि समस्या समाधान गर्न खोजिएको उनले बताए।

सरकार सबै नागरिकको साथमा रहेको उनले बताए। सरकार जिम्मेवारीका साथ कर्तव्य पालनामा रहेको उनले प्रष्ट पारे।

भ्याक्सिन, अक्सिजनका विषयमा पनि सरकार जिम्मेवार रहेको उनले बताए।

जीवनदानी औषधि एक दुई दिनमा आपूर्ती हुने उनले बताए।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .