राजनीति


उच्च जोखिममा रहेका मुलुकसँग हवाइ सम्पर्क बन्द गर्न र आन्तरिक उडान पनि रोक्न सीसीएमसीको सिफारिस

उच्च जोखिममा रहेका मुलुकसँग हवाइ सम्पर्क बन्द गर्न र आन्तरिक उडान पनि रोक्न सीसीएमसीको सिफारिस

नेपालखबर
बैशाख १८, २०७८ शनिबार १२:५७,

कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोनाबाट अति प्रभावित मुलुकसँगको हवाई सम्पर्क बन्द गर्न सिफारिस गरेको छ।

भारत, टर्की लगायतबाट आउने उडानबाट उच्च जोखिम भएका कारण ती देशबाट आउने उडान रोक्न सिफारिस गरिएको हो।

उपप्रधानमन्त्रीको नेतृत्वमा गठित सीसीएमसीले केहि समयका लागि आन्तरिक उडानहरु पनि रोक्न सिफारिस गरेको छ।

‘सीसीएमसीले कोरोना महामारीका कारण उच्च जोखिममा रहेका मुलुकसँग तत्कालका लागि हवाई उडान रोक्न सिफारिस गरेको छ,’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालखबरसँग भने, ‘त्यसैगरी, आन्तरिक उडान पनि केहि समयका लागि स्थगित गर्न सिफारिस गरिएको छ।’

सो सिफारिसलाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।

मन्त्री ज्ञवालीका अनुसार सीसीएमसीले मिति भने तोकेको छैन।

‘टिकट आदिको व्यवहारिक पक्षहरुलाई हेरी एक–दुई दिनको समय राखेर कार्यान्वयन गर्ने निर्णय हुन्छ,’ ज्ञवालीले भने।

कुन कुन मुलुकहरु उच्च जोखिममा रहेका छन् भन्ने लगायतका पक्षमा स्वास्थ्य मन्त्रालयले तयार पार्ने विस्तृत प्रस्तावका आधारमा निर्णय लिइने मन्त्री ज्ञवालीले बताए।

सीसीएमसीले हाल अस्पतालमा अक्सिजन लगायतका अत्यावश्यक सामग्रीहरुको अभाव भएको सम्बन्धमा समेत केहि महत्वपूर्ण निर्णय गरेको छ।

अक्सिजन उत्पादन, सिलिण्डर खरिद, आयात तथा आपूर्ति लगायतका पक्षलाई थप सहज बनाउने विषयमा पनि सीसीएमसीले निर्णय गरी सरकारलाई सिफारिस गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .