राजनीति


भाजपा विधायक केसरसिंहको निधन : मास्क नलगाउनेलाई ठूलो पाठ

भाजपा विधायक केसरसिंहको निधन : मास्क नलगाउनेलाई ठूलो पाठ

नेपालखबर
बैशाख १७, २०७८ शुक्रबार ९:४४,

कोरोनालाई हल्का कुरा ठान्ने र लापरबाही गर्ने गरियो भने यसले ज्यानै लिन सक्छ। यो शिक्षा भारतीय राज्य उत्तर प्रदेशको बरेलीमा नवाबगन्ज विधान सभामा भाजपाबाट विधायक केसरसिंह गंगवारको निधनबाट पनि लिन सकिन्छ। कोरोना संक्रमणका कारण यही अप्रिल २८ मा उनको निधन भएको हो।

उनको निधनपछि एक न्युज च्यानलमा भिडिओ प्रसारण भएको छ। जतिबेला उनी विधान सभा बैठकमा पुगेका छन्।

त्यस क्रममा पत्रकारले उनलाई सोधेका छन्– कोरोना महामारी छ, तर तपाईंले त मास्क पनि लगाउनुभएको छैन?! जवाफमा उनले भनेका छन्, ‘मास्क...??? कोरोना महमारी सकिइसक्यो त, अहिले कहाँ छ र !

यसो भनेर मोबाइलमा कुरा गर्दै उनी विधान सभा भवनबाट बाहिरिन्छन्।

‘२४ घण्टासम्म पाएनन् आईसीयू
केसर सिंह गंगवारको स्वास्थ्य अवस्था अचानक बिग्रियो। त्यसपछि उनलाई अप्रिल १० तारिख बरेलीस्थित राममूर्ति मेडिकल कलेज भर्ना गरियो। जहाँ परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखियो।

भारतीय सञ्चारमाध्यमका अनुसार परिवारजनको आरोप छ– उनलाई अस्पतालले २४ घण्टासम्म आईसीयूको व्यवस्था गरेन। यसकारण उनलाई नोएडास्थित यथार्थ अस्पताल सारियाे। जहाँ उपचारक्रममा २ दिनअघि मात्र उनको निधन भयो।

विधायकका छोरा विशाल गंगवारले आदित्यनाथ योगी नेतृत्वको सरकारप्रति प्रश्न उठाएका थिए। उनले भनेका थिए, ‘यूपी (उत्तर प्रदेश) सरकार आफ्नै विधायकको उपचार पनि गर्न सकिरहेको छैन।’

विशालले मुख्यमन्त्रीको कार्यालयमा पटकपटक फोन गर्दा पनि कसैले नउठाएको आरोप पनि लगाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .